इटहरी । सुनसरी र मोरङमा भारी बर्षा हुने भन्दै सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले सुचना गरी गरेको छ ।

 आज विहान पनि सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । आज बिहान ११ बजे सम्म अति उच्च सर्तकता अपनाउन महाशाखाले जारी गरेको सुचनामा उल्लेख रहेको छ । 

 जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ ।

 अझै थप वर्षा हुने पूर्वानुमान समेत गरेको छ । सर्तक रहन पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारी बर्षाका कारण बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढी र डुबानका कारण सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन भनिएको छ ।

त्यसअघि आज बिहान ५ बजे महाशाखाले सार्वजनिक गरेको सूचनामा मोरङको कानेपोखरी र त्यस आसपासमा पनि ठूलो वर्षा भएको उल्लेख छ ।