सुनसरी । जिल्ला अस्पताल सुनसरीको प्राङ्गणमा वैदिक विधि अनुसार शिव मन्दिरको उद्घाटन गरिएको छ ।
शनिवार बिहान अस्पताल विकास समितिका अध्यक्ष राजन मेहता र मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले मन्दिरमा पूजा अर्चना गरी विधिपूर्वक उद्घाटन गरेका हुन ।
IMG_9712

सुनसरी जिल्ला अस्पतालका प्रथम डाक्टर मानिन्द्र मोहन घटकको सम्झनामा स्वर्गीय दिलबहादुर श्रेष्ठकी धर्मपत्नी मिनतीदेबी श्रेष्ठको आर्थिक सहयोगमा मन्दिर निर्माण भएको थियो । इनरुवा बजार स्थित भगवती मन्दिरबाट शोभा यात्रा सहित निस्किएको नगरबासीको समहुले बाजागाजा सहित मन्दिरमा शिवको प्रतिमा अनावरण समेत गरिएको थियो ।
IMG_9688
अस्पतालमा आउने सेवाग्राहीहरूमा धार्मिक आस्था तथा भरोसा कायम गराउन र स्थानीयलाई पूजा अर्चनाको लागि समेत खुल्ला राख्ने उदेश्वले मन्दिर स्थापना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले बताए ।
IMG_9699
पछिल्लो समय एकपछि अर्को सेवा बिस्तार गरिरहेको अवस्थामा धार्मिक सद्भावका लागि बिरामीको उपचार गर्ने थलोको रूपमा रहेको अस्पतालमा मन्दिर स्थापनाको नौलो कार्य गरिएको घिमिरेले बताए ।