इटहरी । नयाँ घर बनाउने घरधनीको नक्सा इटहरी उपमहानगरपालिका आफैले बनाइदिने भएको छ । आज एक कार्यक्रमका विच उपमहानगरले नयाँ घर बनाउने घरधनीको घरको नक्सा बनाउने कार्यको सुरुवात गरेको छ ।
साउन १ गते औपचारिक रुपमा उपमहानगरपालिका आफैले घरको नक्सा बनाईदिने कार्यको थालनी गरेको हो ।
भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउने भएको हो ।
इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेको बताएका छन् ।
प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीले घरको डिजाइन बनाउँदा धेरै महँगो परेको गुनासो आएपछि उपमहानगर आफैले नक्सा बनाउन सुरु गरेको मेयर पौडेलले बताए ।
नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘ आज साउन १ गतेदेखि सेवा सुचारु गरिएको छ ।’
उपमहानगरपालिकाले १ हजार स्वाएर फिट सम्मका घरको नक्सा निःशुल्क बनाईदिनेछ । तर हजार स्वाएर फिट भन्दा माथीको घरको नक्सा सहुलियत दरमा बनाईदिने उपमहानगरले जनाएकोछ । उपमहानगरपालिकाले बनाउने घर भुकम्प प्रतिरोधी हुने छन् ।
इटहरीमा नीजि इन्जिनियरिङ कन्सल्टेन्सीहरुले घरको नक्सा बनाउँदै आएका थिए । उनीहरुले घरको नक्सा बनाउएको शुल्क महंगो लिने गरेको स्थानीयले गुनासो गर्दै आएका थिए ।