सुनसरी । पूर्वी पहाडी जिल्लामा भारी मात्रामा पानी परेपछि सप्तकोसी नदीको पूर्वी तटबन्धमा रहेको स्पर कटान हुन नदिन मर्मतको काम तीव्र पारिएको छ ।

सप्तकोसीले कुनै पनि बेला स्पर कटान गरी बाँध भत्काउने खतरा रहने भएकाले यति बेला स्पर निर्माणको काम धमाधम भइरहेको हो । यो वर्षको असार दोस्रो साता देखी परेको वर्षा र बाढीका कारण सप्तकोसीले नदीको पश्चिम र पूर्वतर्फ तीव्र कटान गरिरहेको छ ।

कटान भइरहेको स्थानमा अहिले भारतीय पक्षले बोरामा बालुवा भरेर बाध बाँध्ने काम निरन्तर गरिरहेको छ ।
कोसी सम्झौता अनुसार सप्तकोसी नदी क्षेत्रमा बाढी नियन्त्रणको लागि भारत सरकारले सन् २०११ बाट गङ्गा फल्ड कन्ट्रोल कमिसन मार्फत काम गरिरहेको छ ।