विराटनगर । व्याई फ्रेण्डलाई कुरा लगाएको विषयमा सुनसरीको बराह क्षेत्र स्थित सप्तकोशी किनारमा युवतीहरूका बिचमा ग्याङ फाइट भएको खुलेको छ । ग्याङ्फाइट गर्ने युवतहिरु पहिला देखिकै चिन जानका साथीहरू हुन् । 

उनीहरू बराह क्षेत्र नगरपालिका वडा नम्बर ८, ९ र १० घर भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार युवतीहरूका बिचमा असार २९ सप्तकोशी किनारमा युवतीहरूका झगडा भएको हो । व्याई फ्रेण्डलाई कुरा लगाएको  विषयमा फेसबुकमा झगडा भएपछि छलफलका लागि  उनीहरू बराह क्षेत्र स्थित सप्तकोशी किनार राजा बासमा भेला भएका थिए । 

व्याइ फ्रेण्डलाई किन कुरा लगाएको र प्रेमको बारेमा हल्ला फिँजाएको विषयमा उनीहरूका बिचमा विवाद भएपछि ५ जनाको समूहमा रहेका युवतीहरूले ३ जना युवतीहरूलाई कुटेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । 

कुटपिटको भिडियो समेत बनाएर ५ जनाको समुमा रहेका युवतीहरूले नै बनाएर सामाजिक सञ्जालमा हालेको भेटिएको प्रहरीको दाबी छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा भने २ जनाले मात्रै कुटाई खाएको देखिन्छ । एक जनाले कुटाइ खाएको भिडियो भने नखिचे पनि घटनामा ३ जना युवती पीडित भएको देखिएको राईले बताए । 

राईका अनुसार घटनामा संलग्न रहेको आरोपमा  बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीय प्रीति लिम्बु प्रक्रिया परेकी छिन् । 

घटनामा संलग्न बराह क्षेत्र ९ बस्ने १९ वर्षीय सन्जिता राई, १९ वर्षीय निहाङ राई, बराह क्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीय दुर्गा राई र विनीता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बराह क्षेत्र ८ की १७ वर्षीय सन्ध्या परियार, १६ वर्षीय नबिना विश्वकर्मा र राजा बासकी १९ वर्षीय मनीषा राईलाई प्रीति सहितको पाँच जनाको समूहमा रहेका युवतीहरूले निर्घात कुटपिट गरेका थिए ।