सुनसरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोईराला भोली(शनिबार) सुनसरी आउने भएका छन् । 

शनिबार नेपाली काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागि हुन सभापति देउवा सुनसरी आउन लागेका हुन । सभापति देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजना हुने जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए । 

वि.पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा आयोजित जिल्ला सम्मेलन आयोजना गर्न लागिएको जिल्ला सभापति भण्डारीले जानकारी दिए  । 

सुनसरी आएका पाटी सभापति शेर बहादुर देउवाले इनरुवा ९ बबियामा रहेको महामानव वि.पी कोइरालाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । 

जिल्ला सम्मेलनमा पाटी सभापति देउवा आउने भएपछि सुनसरी कांग्रेसले तयारीलाई तिव्रता दिएको छ । सम्मेलनलाई सफल बनाउन  आ–आफ्नो क्षेत्र र तहबाट पाटीका सबै पदाधिकारी र सदस्यहरुलाई परिचालन गरिएको सुनसरीका  सभापति केदार भण्डारीले जानकारी दिए । 

कांग्रेस सुनसरीले जिल्ला सम्मेलनलाई सफल बनाउन प्रचार प्रसारको कामलाई पनि तिव्रता दिएको जिल्ला उपसभापति तथा प्रचार प्रसार समिति संयोजक नगेशचन्द्र राईले जानकारी दिए ।