इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले आफु गुटको शिकार भएको बताएका छन् ।
आज काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले ‘ फरक गुटको भन्दै दुस्मन सरह व्यवहार गर्दै प्रदेश सभा चुनावमा खुलेयाम हराउने काम भयो । ’
तर मेयर हुँदा गरेका राम्रो कामका कारण आफु विजयी हुन सफल भएको पराजुलीले बताए ।
एउटा गुटको नेता अर्को गुटमा जाँदा दुस्मनको व्यवहार हुने गरेको पनि उनले बताए ।
पराजुलीले भने ‘एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार हुँदैन । बरु अर्को पार्टीका नेताहरुसँग सुमधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्ताहरुसँग दुस्मन सो सरह व्यवहार गर्ने गरिएकोछ । यसले कार्यकर्तामा निराशा छाएको छ ।’
बुँदागत रुपमा लिखित प्रस्ताव सहित बोलेका केन्द्रीय सदस्य पराजुलीले कडा अनुशासन सहित कारबाहीको व्यवस्था गर्न माग पनि गरे ।
केन्द्रीय सदस्य पराजुलीले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको एजेण्डालाई काँग्रेसले बोक्नुपर्ने बताए ।
नेपालमा ९४ प्रतिशत ओमकार परिवार रहेको अवस्थामा काँग्रेसले छुटै धर्म र संस्कृति विभाग गठन गर्नुपर्ने पनि उनले माग गरेका छन् ।