सुनसरी । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी आजैदेखि निलम्बनमा परेका छन् । 

तत्कालीन ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज(आईतबार) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेसँगै उनलाई निलम्बन गरीसकेको गृह मन्त्रालयले जनाएको छ । उनको ठाउँमा अर्का प्रजिअलाई पठाई नसकिएको मन्त्रालयको भनाई छ । 

हाल खोटाङका प्रजिअ रहेका खतिवडा केही दिन अघि मात्रै सो ठाउँमा सरुवा भएर गएका थिए ।