बारा । नेपाली काँग्रेस जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव ध्रुव प्रसाद यादव बारामा भएको कुटपिटको बिरोधमा कलैया बजार बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय बारा परिसरमा दुबैजना मागि कुटपिट भएको आरोप लगाउँदै पार्टीले कलैया बन्दको आब्हान गरेको हो । 

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारवाही नगरिएको भन्दै काँग्रेस र नेकपा एसले कलैया बजार बन्द गरेका हुन् ।  कांग्रेस र एकिकृत समाजवादीले सडकमा टायर बालेर यातायात र पसलहरु बन्द गराएका छन्  । बन्द गराउँदै हिडेका प्रदर्शनकारी र प्रहरीबीच कलैया बजारमा तनावको अवस्था सृजना भएको छ । सवारी दुर्घनाको विषयलाई लिएर साउन २ गते भइरहेको छलफलका क्रममा काँग्रेस जिल्ला सचिव भैयाराम र नेकपा एसका जिल्ला उपसचिव ध्रुवमाथि प्रहरी अधिकारीले कुटपिट गरेको आरोप लगाईएको छ। 

कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई जिम्मेवारीवाट हटाई अन्यत्र पठायनु पर्ने माग उनीहरुको छ।