सुनसरी । यु १६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि कोसी प्रदेशस्तरीय छनौट सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घको कार्यक्रम अनुसार धरानमा सुरु प्रदेशस्तरीय छनौटमा कोसी प्रदेशका १४ वटै जिल्लाबाट छनौट भएर आएका २ सय ५० किशोरहरूको सहभागिता छ ।
धरानस्थित एन्फा एकेडेमीमा तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछ ।
IMG_0124
कोसी प्रदेश फुटबलको उर्वर भूमि रहेकाले विभिन्न जिल्लाबाट छानिएर आएका उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धाबाट पारदर्शी किसिमले प्रादेशिक टिम छनौट गरिने कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए । 
u16 xanautt

         लामो समयपछि उमेर समूहका खेलाडी छनौट गर्न लागिएकाले किशोरहरूको उल्लेख्य सहभागिता रहेको छ । उनीहरूलाई साथ दिन अभिभावकको पनि उत्तिकै सहभागिता रहेको छ । प्रादेशिक छनौटपछि काठमाण्डौमा साउन १६ देखी हुने राष्ट्रिय छनौट प्रतियोगिताबाट यु १६ को राष्ट्रिय टोली घोषण गरिने कोसी फुटबल सङ्घका महासचिव भगीरथ आलेले जानकारी दिए ।
IMG_0135

कोसी प्रदेशका सुनसरी बाहेकका सबै जिल्लाबाट छनौट गरेर खेलाडी पठाइए पनि सुनसरीबाट समयमै छनौट हुन नसकेकाले छनौट कार्यक्रम तीन दिनसम्म लाग्ने आलेले बताए । 
U16 xanaut

     आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर ३ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

IMG_0131

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै मालदिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।