सुनसरी - इटहरीको धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्य सहित शनिवार बिहान २६ किलोमिटर लामो ‘तरहरा कोरा साइक्लिङ च्यालेन्ज-२०८०’ भएको छ ।
IMG_0212
तरहरा साइक्लिङ सङ्घको आयोजनमा सुरु भएको साइक्लिङ च्यालेन्जमा काडमाण्डौ, नेपालगन्ज, बुटवल, बर्दिया, धरान, विराटनगर लगायतका ठाउँबाट आएका ३ सय १ जना साइकलप्रमीहरुको सहभागिता रहेको थियो ।
IMG_0200
साइकल यात्रा बिहान ७ बजे इटहरीको तरहरा चौकबाट सुरु भएर ताल तलैया, भुल्के मन्दिर, प्रणामी मन्दिर धार्मिक क्षेत्र, इटहरी चौक, बक्लौरी हुँदै पुनः तरहरा क्षेत्रमा फर्किएको थियो ।
IMG_0201
कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरूको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ ।
IMG_0172
स्वास्थ्यका लागि साइक्लिङको महत्त्व दर्साउन र धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि देशभित्र र बाहिर विभिन्न सहरमा कोरा साइकल च्यालेन्ज आयोजना हुँदै आएको छ ।
IMG_0169