इटहरी । डेङ्गु संक्रमणका कारण अस्पतालमा विरामीको उपचारमा रगतको अभाव हुन थालेसँगंै सामाजिक संस्थाहरुले रगत संकलन अभियान सुरु गरेका छन् ।  पछिल्लो समय धरानमा डेङ्गु संक्रमणले महामारीकै रुप लिईरहेको छ ।

 अस्पतालहरुमा रगतको अभाव हुन नदिन इटहरीको  किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एक सय ३९ प्रिन्ट रगत संकलन भएको छ । 

इटहरी १६ बालग्राम चोक स्थित संस्थाको कार्यालयमा भएको रक्तदान कार्यक्रममा संस्थाका नियमित रक्तदाता, सेयर सदस्यहरु, विभिन्न सङ्घ संस्थाहरुका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।  

संस्थाले  सामाजिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको भएतापनि हाल डेङ्गु संक्रमणका कारण भएको रगत अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किसान कल्याण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालले वताए । 

किसान कल्याण सहकारीले सुनसरी जिल्लामा ९ वटा कार्यालय मार्फत सदस्यलाई सेवा दिईरहेको किसान कल्याण संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।