विराटनगर । कोसी प्रदेशकी पूर्व उप सभामुख सरस्वती पोखरेल सरकारी विद्यालयमा शिक्षकको रूपमा पढाउन थालेकी छन् । उनले इटहरीको जनता माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउन थालेकी हुन् । पोखरेलले आइतबार सो विद्यालयमा कक्षा ११ को सामाजिक विषयको कक्षा लिएकी हुन् । उनी कोसी प्रदेशको पहिलो उप सभामुख हुन् । माओवादीबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी उनले ५ वर्ष उप सभामुख भएर बिताइन् । हामीलाई पिरियड बेसिसमा पढाउने शिक्षकको खाँचो थियो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दङ्गालाले आजबाट पूर्व उप सभामुखले कक्षा लिन थालेको बताए । उनले भने, उहाँले सरकारी विद्यालयमा पढाउने इच्छा छ भन्नु भयो, हामीले कक्षा लिनु न त भनेर भनेका हौ । २०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३(१) बाट प्रत्यक्ष निर्वाचन लडेकी पोख्रेल रोहित बहादुर कार्कीसँग पराजित भएकी थिइन् ।