इटहरी । इटहरीमा अपाङ्गता व्यक्तिहरुका लागि न्यायमा पहुँच विकास गर्न जिल्लामा कार्यरत न्याय प्रणालीका प्रमुख तथा प्रतिनिधिहरुलाई एक दिवसीय क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ नेपाल विराटनगरको आयोजनामा कार्यशाला आयोजना गरिएको हो । 

कार्यक्रममा अपांग व्यक्तिलाई अन्याय भएमा  कानुन अनुसार कारबाही गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्ने,उनीहरूले पाउनुपर्ने सेवा र सुविधामा सहजता प्रदान गर्न न्याय सम्पादनमा गर्नुपर्ने कामको विषयमा प्रतिनिधिहरुलाई जानकारी दिईएको थियो । 

कार्यक्रममा झापा, सुनसरी र उदयपुरका अपाङ्गता भएका ब्यक्तिहरुको पहुँचमा  प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायका ३० जना प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अथिति सुनसरीकी प्रमुख जिल्ला अधिकारी होम कला पाण्डे , विशिष्ट अथिति राष्ट्रिय मानव अधिकार आयोग प्रदेश प्रमुख पवनकुमार भट्ट, राष्ट्रिय अपांग महासंघाका उपाध्यक्ष  भिमा खतिवडा लगायतको उपस्थिती रहेको थियो ।