मोरङ । सुन्दरहरैँचा नगरपालिकाको विराटचौक बजार क्षेत्रमा ट्राफिक व्यबस्थापनमा समस्या भएको भन्दै जनगुनासो बढे पछि  ट्राफिक सचेतना सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

 विराटचौक बजार क्षेत्रको राजमार्ग तथा आसपासको क्षेत्रमा ट्राफिक व्यबस्थापन गर्न समस्या भएपछि सचेतना समाग्रीहरु ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो । 

सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल र ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले अस्थायी ट्राफिक पोष्ट विराटचौकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन । सवारी व्यवस्थापन तथा सुचना जानकारी दिने सामाग्रीहरु विराटचौक स्थित ग्राफिक हाउसका सञ्चालक सुमन कटुवालले प्रदान गरेका हुन । 

बजार क्षेत्रमा यात्रा गर्ने यात्रुहरु दुर्घटनामा पर्ने जोखिम बढेपछि व्यवस्थापन सामाग्रीहरु आफुले उपलब्ध गराएको ग्राफिक हाउसका सञ्चालक सुमन कटुवालले जानकारी दिए । 

सामाग्री हस्तान्तरण गर्दै वडा न.१२ का अध्यक्ष रोशन प्रसाद ढकालले उपलब्ध गराएको सामाग्रीले सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सबै क्षेत्रमा व्यवस्थापनका लागि प्रयाप्त नभए पनि आवश्यक ठाउँमा राख्दा जोखिम कम हुने अध्यक्ष ढकालले बताए । 

प्राप्त भएका ट्राफिक व्यवस्थापन सामाग्रीहरु दुर्घटनाको उच्च जोखिम भएको ठाउँ तथा अन्य आवश्यक देखिएका ठाउँमा राखिने अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जानकारी दिएको छ । 

पछिल्लो समय तिव्र बजार विकास भएसँगै विराटचोकमा मानिसको भिडभाड बढेको छ भने सवारी आवागमन पनि बढेको छ ।