विराटनगर । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ ।  कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको हो । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ । अहिले कारागार परिसरमा  सुरक्षाकर्मी परिचाल गरिएको छ ।