सुनसरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढकालले नगरपालिका तथा वडा कार्यालयहरूमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दुई लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको थियो ।
आयोगले शुक्रवार दायर गरेको आरोप पत्रमा ढकाललाई दुई लाख रुपियाँ बिगो सहित कैद सजायको माग गरेको प्रवक्ता भोला दाहालद्धरा जारी विज्ञप्तिमा जनाइएको छ ।
ढकाल गत असार २२ गते पक्राउ परेका थिए ।