सुनसरी । नेपाली काँग्रेस कोसी प्रदेश समितिले सांगठानिक सुदृढीकरण अभियानका लागि १४ जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार साउन २० गते देखी सञ्चालन गरिने सङ्गठन सुदृढीकरण अभियानका लागि नेपाली कोसी प्रदेश सभापति उद्धव थापाले प्रतिनिधि खटाएका हुन । 

कोसी प्रदेशका १४ जिल्लाका ५६ प्रदेश सभा क्षेत्रमा प्रतिनिधि खटाइएको हो । खटाइएका प्रतिनिधिले आगामी साउन ३० गते सम्म सञ्चालन गरिने विशेष आन्तरिक सङ्गठन सुदृढीकरण अभियानलाई सफल बनाउन प्रतिनिधि पठाइएको नेपाली काँग्रेस कोसी प्रदेश समितिले जनाएको छ । 
प्रदेश सभापति उद्धव थापाले सबै प्रतिनिधिहरूलाई तोकिएको क्षेत्रमा पुगेर स्थानीय जिल्ला, क्षेत्रीय समितिसँग समन्वय गरी काम गर्न निर्देशन दिएका छन् । Nepali congress  (1)
Nepali congress  (3)
Nepali congress  (2)