इटहरी  । मासिक ६० हजार भन्दा बढी तल दिने भन्दै नेटवर्कीङ्ग मार्केटिङमा लगाउने इटहरी स्थित एकेएम ग्रुप अफ कम्पनीमा इटहरी उप महानगरले छापा मारेको छ । 
सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको हो  । 
कम्पनीले  पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गर्ने गरेको र मार्केटिङ सामान बेच्न पठाउने गरेको पाइएको छ । 
कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती विज्ञापन देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेम कर्ण पौडेलले बताए  । 
पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखा परेका छन् उनले भने,सर्वसाधारण जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफूहरूले कार्यालयमै गएर छापा मारेको पौडेलले । 
केही दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आइरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले बताए । 
छापा मार्दा ग्रुपले  सामान बेच्नका लागि उनीहरूले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाइयो ।
यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सतर्कता अपनाउन मेयर पौडेलको आग्रह थियो । 
ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिसनको लागि कर्मचारीहरूले विज्ञापन गरेको स्वीकार गदै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । 
यसरी सर्वसाधारणलाई झुक्क्याउने काम तत्काल रोक्न भन्दै आगामी दिनमा यस्ता विज्ञापन गरे कारबाही गरिने उहाँको भनाई थियो । 
इटहरीमा ठगीका घट्नाको विषयमा आफूहरू चलाखी पूर्ण रूपमा काम गरिरहेको उनको भनाई थियो ।