इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विकास केसी चयन भएका छन् । जनता क्याम्पसको सञ्चालक समितिको बैठकले अध्यक्षमा विकास केसीलाई चयन गरेको हो ।
गत शनिवार सम्पन्न निर्वाचनबाट विजयी हुने १३ जना सञ्चालकहरूलाई आज पदस्थापन गरिएको थियो । पदस्थापन पछि बसेको सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।
निर्वाचित सञ्चालकहरू मध्ये ज्येष्ठ सदस्य दिनेश कुमार भट्टराईको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले उनलाई अध्यक्षमा चयन भएको गरेको हो । अध्यक्ष बाहेक अन्य पदाधिकारीहरूको पद विभाजन भने पछि गरिने जनाइएको छ । आजको बैठकले अध्यक्ष मात्रै चयन गरेको हो । समितिमा अन्य ४ जना मनोनीत गर्न बाँकी नै रहेको छ ।
अब बस्ने अर्को बैठकले बाँकी सदस्यहरूको मनोनीत गर्दै पदाधिकारी बाँडफाँड गरिने जनाइएको छ ।
क्याम्पसको सञ्चालक समिति अध्यक्ष चयन भएपछि केसीले सबैको साथ सल्लाह लिएर काम गर्ने बताएका छन् ।