इटहरी । जोखिममा परेका चेलिबेटीहरुको उद्धार तथा पुर्नस्थापना गर्दै आएको माईती नेपालले तीन जना महिलालाई इ–रिक्सा वितरण गरेको छ । 

इटहरीमा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले महिलालाई आत्मनिर्भर बनाउन इ–रिक्सा वितरण गरेको हो । 

जोखिममा परेका चेलीबेटीहरुलाई आवश्यक सिप सिकाएर आयआर्जनका लागि इ–रिक्सा वितरण गरिएको माईती नेपालले जनाएको छ । आज एक कार्यक्रमको आयोजना गरी इ–रिक्सा हस्तान्तरण गरिएको हो । 

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले महिलाहरुलाई  इ रिक्सा हस्तान्तरण गरेकी हुन । 

माईती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिका कार्कीले चेलीबेलीहरुलाई उद्दारसँगै परार्मश तथा पुर्नस्थापनाको काम गर्दै आएको जानकारी दिईन ।

 संस्थाले उनीहरुका लागि विभिन्न सिममुलक तालिमहरु सञ्चालन गर्दै आत्मनिर्भर बनाउने काम पनि गर्दै आएको छ । 

कार्यक्रममा इटहरी उपमहानगरापलिकाकी उपप्रमुख संगिता कुमारी चौधरी, वडा न.२का अध्यक्ष माधव कोईराला, नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले बोलेका थिए ।