इटहरी । सुनसरी बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका छन् । मादक पदार्थ सेवन गरी २० बर्सिया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका हुन् । घाँटी थिचेर छोरीलाई जबरजस्ती विष खुवाइयो,  विष खुवाउने बुवा पक्राउ 

तरकारी बालीमा किरा मार्न ल्याएको विष बुबा अर्जुनले छोरीलाई जबरजस्ती खुवाएपछि राधिका छट्पटाँउदै सडकमा आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने, सडकमा राधिकालाई छटपटाएको देखेपछि गाँउलले प्रहरीलाई खबर गरे । प्रहरीले राधिकालाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा पुर्‍याएको छ । 

राधिकाको कोशी अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको  छ । 

मादक पदार्थ सेवन गरी दिनहुँ बुबाले कुटपिट गरेपछि राधिका घर बाहिर बस्दै आएकी थिइन् । उनी घर गएको बेला अर्जुनले घाँटी समातेर विष खुवाएको प्रहरीले जनाएको छ । छोरीलाई विष खुवाउने अर्जुनलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।