विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरण संग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाए पछि जसपा सरकारमा सहभागी हुने भएको हो ।
जसपाकी प्रदेस सभा सदस्यलाई स्वास्थ्य मन्त्री बनाउने तयारी भएको छ ।
आजै पद तथा गोपनियताको सपथ खुवाउने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यस अघि मुख्यमन्त्री उद्वब थापाले पत्रकार सम्मेलन गर्दै प्रदेश सभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय गरेपछि उठेको आन्दोलन र मागका विषयमा सरकार जानकार रहेको भन्दै वार्ता तथा सहमतिको संभावना रहेको बताए ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने,“वार्ता टुङ्गिएपछि संविधानको व्यवस्था अनुसार नामकरण फेरि पनि हुन सक्छ।“
फागुन १७ गते प्रदेश सभाबाट कोसी नामकरण भएको थियो । नामकरणपछि पहिचान पक्षधरले आन्दोलन शुरु गरेका थिए । यसक्रममा विराटनगरमा एकहजार आन्दोलनकारीको मृत्यु भएको थियो ।
थापाले भने,“ नाम प्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता तथा संवादको माध्यमबाट सम्वोधन गर्नु सरकार तथा प्रदेशसभाको कर्तव्य हो ।“
उनले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै यसका लागि सहयोग गर्न दल तथा आन्दोलनरत पक्षसंग अपिल गरेका छन् ।