सुनसरी । कोशी ब्यारेज, बराहक्षेत्र नगरपालिकाको बानडाँडा तथा सप्तकोशी नदि आसपासका नागरिकहरुलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
शुत्रबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जल तथा मौसम पूर्वानुमान विभागले बर्षात भईरहेको, खाला नालाहरुमा पानीको मात्र बढ्न जाने भनी पूर्वानुमान गरेको भन्दै कोशी व्यारेज तथा सप्तकोशी नदि आसपास बसोबास गर्ने सर्वसाधरणहरुलाई उच्च सर्तक रहन आग्रह गरेको छ ।
मनसुन बाढि पिडितलाई गर्नुपर्ने सहयोग, राहत तत्काल On the spot उपलब्ध गराउन सम्बन्धीत निकायहरु तयारी अवस्थामा रहन पनि विपत व्यवस्थापन समितिले भनेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेका बैठकले सबै स्थानिय तहहरुमा विपत उद्धार तथा प्रतिकार्य योजना तर्जुमा गरी सोहीअनुरुप कार्र्यन्वयन गर्न भनिएको छ ।
स्थानिय तहहरुलाई वडास्तर सम्म विपत उद्धार तथा प्रतिकार्य योजना तर्जुमा गर्न जिल्ला विपत व्यवस्थापन गर्न समितिले भनेको छ ।
विभिन्न पालिकाका प्रमुख तथा जिल्ला स्थित अन्य कार्यलयका प्रमुखहरु सहित बसेको बैठकले जिल्लामा देखिएको डेंँगी संक्रमणका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ । बैठले धरान उपमहानगरपालिकालाई डेँगी संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई ‘जनस्वास्थ्यको अपतकालिन अवस्था घोषणा गर्न गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।