सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित भएको छ ।
आर्थिक वर्ष २०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोसी प्रदेश अन्तर्गत सम्पुूणर् जिल्ला प्रहरी कार्यालयहरू मध्ये सुनसरी सर्वोत्कृष्ट हुन सफल भएको हो ।
सर्वोत्कृष्ट भएको सुनसरी प्रहरीलाई कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुनसरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् ।
विराटनगरमा शुक्रवार आयोजित सम्मान कार्यक्रममा बास्तोलाले ढकाललाई उत्कृष्ट कार्यसम्पादन गरेको प्रशंसा पत्रबाट सम्मान गरेका हुन ।
गत वर्षको साउन २० गते देखी सुनसरी प्रहरीको कार्यभार सम्हालेका प्रहरी उपरीक्षक ढकालले एक वर्षको कार्यकालमा सबैको साथ सहयोगमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न सफल भएको बताएका छन् ।