विराटनगर । सप्तकोशी नदीमा पछिल्लो ३४   वर्ष यताकै उच्च पानी बगेको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार  बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ । बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।  अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । 
कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेण्ड बगेको रेकर्ड छ । कोशी ब्यारेजमा पानीको मात्रा बढेपछि ब्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।