विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ३ गते विश्वासको मत लिने सूचना दर्ता गराए पनि कोशी प्रदेश सभाकी उप सभामुख सृजना दनुवारले ४ गते विश्वासको मत लिन तोक लगाएकी छन् । उनले ४ गते १ बजेको प्रदेश सभामा विश्वासको मत लिने समयमा तोक लगाएकी हुन् ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस गर्न सूचना दिने व्यवस्था छ । नियम १२(३) मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेस गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ । कोशी प्रदेश सभामा सभामुख नभएको अवस्थामा सचिवले उप सभामुख समक्ष सूचना पेस गरेका थिए । सूचना पेस पछि दनुवारले ४ गते १ बजे विश्वासको मत लिन तोक लगाएकी हुन् । मुख्यमन्त्री थापाले केही बेर अघि ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेस गर्न तोक लगाएकी हुन् । थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले भदौ १३ गते सम्मा विश्वासको मत लिनु पर्ने छ ।