विराटनगर । कोशी प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेसका नेता केदार कार्कीले प्रदेश सरकार भएको अनुभूति जनताले नपाएको बताएका छन् । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै उनले आफ्नै नेतृत्वको सरकारको आलोचना गरेको बताए ।
उनले भने, अहिले सरकार कहाँ छ भनेर जनताले सोध्न थालेको बताए । उनले कोशी प्रदेश अहिले सङ्कटमा रहेको बताए । उनले सुन्दर हरैचाँबाट सुरु भएको लम्की स्किन रोगबाट प्रदेशमा
९हजार ३ सय ९७ पशु मरेको तर सरकार अनविज्ञ रहेको दाबी गरे । उनले अहिले प्रदेशका किसानहरूले प्रदेश सरकारले खोजिरहेको तर सरकार भने यताको कुर्सी उता सार्ने र उताको कुर्सी यता सार्नमै लागेको बताए । उनले कोशी प्रदेशमा डुङ्गेले १५ हजार पोजेटिभ भएको र १२ जना मानिसको मृत्यु भइसक्दा पनि सरकारलाई नछोएको बताए । उनले पशुमा लागेको लम्की स्किन रोग र मानिसमा लागेको डङ्गु रोगको नियन्त्रण र उपचारमा सरकार जिम्मेवार नभएको आरोप लगाए । डेङ्गु लागेर उपचार नपाएकाहरूलाई उपचारको व्यवस्था गर्न प्रदेश सरकारले कुनै काम नै नगरेको बताए । उनले प्रदेश सभामा भने, दलहरू मिलेर समस्याको समाधान गर्नु पर्ने हो ? तर दलहरू दल दलमा फसेका छन् ।
बाढी पहिरोका कारण प्रदेशमा धेरै क्षति भए पनि प्रदेश सरकार बाढी पीडितको घरमा नदेखिएको बताए । सरकार जुनसुकै फेरिए पनि सरकार अबिछिन्न जनताको उत्तराधिकारी हो तर जनताले थाहा पाउने गरी सरकारको उपस्थिति छैन । उनले सरकार सर्वोच्च अदालतमा र केन्द्रका नेताहरूको घरमा भएको बताए ।
उनले सबै कुरा माथि नै हेर्नु पर्ने भए प्रदेश सांसद किन चाहियो ? उनले प्रश्न गरे प्रदेश सभाको सार्वभौम सत्ता खै ? यहाँको समस्याको समाधान संसद् भित्र खोज्ने भन्दा पनि समस्याको हल खोज्न माथि नै कुदिरहेको बताए । उनले भने, सबै कुराको समस्या माथि नै खोज्ने हो भने यो प्रदेश किन चाँहीयो ? यहाँको समस्याको हल माथि खोज्ने परम्परा रोक्न दलका नेताहरूलाई आग्रह गरे ।