विराटनगर । कोशी प्रदेश सभाका प्रमुख दलका प्रदेश सभा सदस्यहरूले प्रदेशमा सङ्घीयता नआएको बताएका छन् । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशको समस्या समाधान गर्न केन्द्रकै भर पर्नु परेको बताए । 
प्रदेश सभामा बोल्दै एमाले कोशी प्रदेश सभाका उप नेता राम रानाले सरकार हरेक कुराको निर्णय माथिकै आदेशमा लिनु पर्ने भएकाले प्रदेशमा सङ्घीयता नआएको बताए । 
उनले प्रदेश भनेको माथि टाउको चलिउदा जिउ त्यसै हल्लिन्छ जस्तो भएको बताए । उनले भने, टाउको ठिकै छ तल स्थानीय तह पनि ठिकै छ । प्रदेश भन्ने  जिउ चाहिँ टाउको हल्लाउँदा चले जस्तो मात्रै भएको छ ।
उनले  अवसर खोज्ने बहानामा यहाँको समस्या समाधान गर्न प्रदेशमा छलफल नगरी माथि माथि कुदी कुदी हिँड्दा समस्या भएको बताए । उनले भने, यो सङ्घीयता भने केन्द्र लै चलाउने जस्तो मात्रै आएको छ ।  आफैले चलाउने खालको सङ्घीयता आएकै रहेन छ ।