विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा निवर्तमान सभामुख बाबुराम गौतमले भाग्ने ठाउँ नभएपछि बाध्य भएर सभामुखबाट राजीनामा दिएको बताएका छन् । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै आफूले अगाडि बढ्ने बाटो नदेखेपछि सभामुखबाट राजीनामा दिएर मन्त्री भएको बताए । 

उनले भने,‘कहिले भूमिका निभाउने क्रममा यस्तो ठाउँमा पनि पुगिँदो रहेछ त्यहाँ निकास हुँदैन रहेछ । अगाडि बढ्ने बाटो नै नहुँदो रहेछ ।’उनले बाहिरबाट हेर्दा यसो गरेको भए हुन्थ्यो उसो गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यही पसेपछि अन्धकार नै हुँदो रहेछ । उनले भने, भूमिका निभाउने क्रममा आफू पनि अन्धकारको अवस्थामा पुगेको बताए । उनले भने,‘मेरो नाममै त्यो परिस्थिति सृजना हुनुमा एक हिसाबले सौभाग्य पनि ठान्छु अर्को  हिसाबले दुर्भाग्य ठानेको छु  । 

उनले भने,‘ मैले गरेको कार्य भविष्य सम्म पनि चर्चाको बिषय रहने छ । सम्झिरहने बिषय बन्ने छ । प्रदेश सभाको इतिहासमा दर्ज हुने छ । यसबाट भाग्ने ठाउँ पनि छैन ।’ उनले प्रदेश सभामा बोल्दै आफू सभामुख हुँदा निष्पक्ष भएर काम गरेको दाबी गरे । फरक भूमिकामा प्रस्तुत हुँदा मनमा थुप्रै अनुभव र अनुभूतिहरू आउने र जाने भइरहेको भन्दै एक महिना आफ्नो जीवनमा ठुलो उथल पुथल भएको बताए । उनले भने, ‘यो मेरो जीवनको पनि उथल पुथलको घटना हो ।

प्रदेश सभामा पनि आफ्ना कारणले प्रदेश सभामा पनि उथल पुथल भएको बताए । सङ्घीय सरकारमा भएको फेरबदलले कोशी प्रदेशमा पनि प्रभाव पारेको उनले बताए । उनले निर्णायक समयमा पनि सभामुखको भूमिकालाई पनि भिन्न राख्ने योजनामा रहेको तर नसकेको बताए । उनले राजीनामा नदिई भिन्न तरिकाले पनि समस्याको हल खोज्न आफूले प्रयास गरेको बताए । उनले अफुले केन्द्रका गठबन्धनलाई पनि वर पर गर्न सकिन्छ की भनेर लागेको सभामा बताए । गठबन्धनहरू फेर बदल भइरहने भएकाले आफूले गठबन्धन फेरबदल गर्न पनि प्रयास गरेको हो ।