विराटनगर । नेपाल न्याय सेवाका कर्मचारीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल सरकारको न्याय सेवा अन्तर्गत २०७८ सालका ब्याच शाखा अधिकृतहरूले कार्यक्रमको आयोजना गरेका हुन् । दोस्रो वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम काठमाडौँमा २२५ जना र मानव सेवा आश्रम बुटवलमा २ सय जनालाई खाना खुवाएको हो । कोशी प्रदेश अन्तर्गत रहेका ब्याच अधिकृतहरूको टोली सप्तकोसी पुल चतरामा भेला भएर विभिन्न कार्यक्रमहरू गरेका हुन् ।
उक्त मानव सेवा आश्रममा खाना खुवाउनका लागि देशैभरका ब्याच अधिकृतहरूले जनही पाँच सय रुपैयाँ सङ्कलन गरी उपलब्ध गराएको उच्च अदालत विराटनगरका शाखा अधिकृत रमेश खतिवडाले जानकारी दिए । सेवा प्रवेशसँगै नागरिक सेवामा गरिएको कामको बारेमा समेत समीक्षा गरिएको उनले बताए । ‘हामीले सेवा प्रवेश गरेपछि गरेका कामहरूको बारेमा छलफल गरेका थियौँ, उनले भने, दायित्व अनुसारको जिम्मेवारीमा आएका समस्या र समाधानको बारेमा पनि समीक्षा भएको थियो ।’