विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानुनको हुर्मत नलिन सत्ता गठबन्धनलाई आग्रह गरेका छन् । उनले प्रदेश सभामा बोल्दै सत्ता गठबन्धनले संविधानको धेरै पटक हुर्मत लिएको अब पनि हुर्मत लिने दुस्साहस नगर्न आग्रह गरे ।

 उनले अब पनि यस्तो दुस्साहस गरे एमालेले सामान्य रुपामा नलिने बताए । आज पनि संविधान र कानुनको हुर्मत लिन खोजिएको सङ्केत आउँदै छ यदि यस्तो गरे एमालेले अर्कै स्टेप चाल्छ । उनले यसबाट प्रदेश सम्रचाना माथि उत्पन्न परिस्थितिको जिम्मा लिन आग्रह गरे । मुख्यमन्त्री थापाले शपथ ग्रहण गर्दा निवर्तमान मुख्यमन्त्रीको कुर्सी समेत नराखेर असहिष्णु व्यवहार गरेको बताए । उनले सभामुखको पद छँदाछँदै सरकार गठनमा सहभागी गराएर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले कहिल्यै नबिर्सिने भण्डारी बताउँछन् ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट बहुमत पुर्‍याउँदै गत असार २१ गते उद्धव थापा मुख्यमन्त्री भएका थिए । गैर संवैधानिक भनेर सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरिसकेको छ ।

‘उपसभामुख बिरामी परेर सभामा उपस्थित हुन नसक्दा चैँ असंसदीय हुने । सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बनेर मुलुकको मूल्य, मान्यता र संविधानको ठाडै उल्लङ्घन गर्दा चैँ ठिक ?’ भण्डारीले भने, ‘लिखित सूचना दिएर बिदामा बस्न नपाउने रु सूचना दिएर र नियमावलीको पालना गरेर बिदामा बस्दा चैँ विरोध हुने ?’

उनले सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान दिन लगाउने प्रयास भइरहेको भन्दै प्रदेशसभाको ध्यान आकर्षणसमेत गराएका छन् ।

‘प्रदेशसभा सदस्य बिदामा बस्न नपाउने रु हिजो जानकारी नदिईकन र बिदा नलिईकन अनुपस्थित हुँदा चैँ केही नहुने । चुपचाप अनुपस्थित हुँदा केही नहुने रु कानुनको प्रयोग र पालना गर्दा नकारात्मक टिप्पणी हुने ।

तर, मुख्यमन्त्री र मन्त्री प्राप्तिका लागि सभामुखलाई प्रदेशसभाको सदस्य भनेर हस्ताक्षर गराउँदा चैँ ठिक हुने रु’ उनले प्रश्न गरे । विश्वासको मत पाएमा मुख्यमन्त्री थापालाई आफूहरू पनि ताली पड्काएर स्वागत गर्ने, तर विश्वासको मत भने दिन नसक्ने भण्डारीले स्पष्ट पारे । 

गठबन्धनका नाममा संविधान र कानुनको हुर्मत लिने काम भएको भन्दै भण्डारीले अब पनि हुर्मत लिने काम भयो भने प्रादेशिक संरचनामाथिको आलोचना बढेर जाने बताए । संविधान र कानुनको विषयलाई ख्याल ठट्टा गर्ने काम भएको छ । आफू अनुकूल व्याख्या गरिएको छ,’ उनले भने ।