विराटनगर ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोसी प्रदेश कमिटीको प्रथम अधिवेशन नजिक आएसङै उमेदवरका आकाङ्क्षी बढ्न थालेका छन् । अधिवेशन  भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ ।

अधिवेशनमा अध्यक्ष पदका लागि आकाङ्क्षीहरूको नाम बाहिर आउन थालेको छ । अहिलेसम्म अध्यक्षका लागि दुई जनाको नाम चर्चामा छ ।

अध्यक्षका लागि सुनसरीका जीवी गजल र मोरङका सन्तोष घिमिरे प्रतिस्पर्धी देखिएका छन् ।

आयोजक कमिटीका अध्यक्ष गोकर्ण घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए । 

नेताहरूका अनुसार अध्यक्षका लागि जीवी गजल खड्का र सन्तोष घिमिरेबिच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना छ । खड्का सुनसरीको विद्यार्थी आन्दोलनबाट स्थापित भएका हुन् भने घिमिरे मोरङको राजनीतिबाट आएका हुन् । खड्काले सुनसरी जिल्ला अध्यक्ष केन्द्रीय सदस्य र सचिवालय सदस्य भएर काम गरिसकेका छन् । 

पोखरेल पनि मोरङका पूर्व जिल्ला अध्यक्ष हुन । उनीहरूले सामाजिक सञ्जालबाट आफ्नो प्रचार थालेका छन् ।

खड्काले आफ्नो उम्मेदवारी रहेको बताए । 

यस्तै आयोजक कमिटी अध्यक्ष घिमिरेले  अधिवेशनबाट पनि अध्यक्ष बन्नका लागि  सशक्त दाबी रहेको बताए  ।’ 

अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् । 

अधिवेशनले आयोजक कमिटीको सङ्ख्या घटाएर ५१ सदस्यीय बनाउने छ । यस्तै ९ जनाको पदाधिकारी बन्नेछ । जसमा अध्यक्ष, उपाध्यक्ष (२), सचिव, सहसचिव (४) र कोषाध्यक्ष रहनेछन् । 

यस्तै सचिव पदका लागि भने आधा दर्जन बढी आकाङ्क्षी देखिएका छन् । सचिवका लागि तुलसी घिमिरे (मोरङ), नारायण पोखरेल (झापा), अशोक खतिवडा (इलाम), अङ्कित थापा (धनकुटा), नवराज घिमिरे (भोजपुर) , लक्ष्मीभक्त पोखरेल (मोरङ) आकाङ्क्षी देखिएका छन् ।