बारा । बारामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको हो । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको बस राती दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मधेस प्रदेश -०३-००१ ख ७९९४ नम्बरको बस गए राति करिब १ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरिया माई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरे हिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
दुर्घटना पछि बसका चालक फरार छन् ।