सुनसरी । आफूहरूले आयोजना गर्न लागेको सद्भाव र्‍यालीलाई लक्षित गरेर सुनसरी प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको भन्दै हिन्दु धर्मका धार्मिक गुरुहरूले विरोध जनाएका छन् ।
इटहरीमा शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरूले शनिवार हुने शान्तिपूर्ण र्‍यालीलाई लक्षित गरी सुनसरी प्रशासनले कार्यक्रम बिथोल्न कायरताकापूणर् ढङ्गले निषेधाज्ञा जारी गरिएकोमा भर्त्सना गरेका छन् ।
dharma guru
नेपाल बहु भाषी, बहु धार्मिक, बहु सांस्कृतिक मुलुक भएको र यहाँ सदियौँ देखि अनेक संस्कृति आपसमा मिलेर बसेको अवस्थामा केही कुतत्वले केही दिन अघि गो-हत्या गरेर सामाजिक सञ्जालभर राखेर सामाजिक, धार्मिक सद्भावमा खलल पुराएको चतरा धामका पिठाधिष जगत् गुरु बाल सन्त मोहन शरण देवाचार्यले बताए ।
गौ हत्या प्रकरणले समस्त देशभक्त, राष्ट्र प्रेमी सबैको चित्त दुखेको सन्दर्भमा सम्पूर्ण देशभक्त राष्ट्र प्रेमी ॐ कार परिवार मिलेर शनिवारका दिन धरानमा गो वंश तथा स्वधर्म संरक्षणका लागि शान्तिपूर्ण सद्भाव रयाली आयोजना हुँदै गर्दा नेपाल सरकार एवम् प्रशासनका तर्फबाट यो कार्यलाई बिथोल्न कायरताकापूणर् ढङ्गले निषेधाज्ञा जारी गरिएको बाल सन्तको भनाई थियो ।
गौ हत्या गर्नेलाई कारबाही गर्नुको साटो शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्न प्रशासनले लगाएको निषेधाज्ञा तोड्ने उनीहरूले घोषणा गरेका छन् ।