इटहरी । इटहरीमा जारी महिला उद्यमशीलता प्रदर्शनीको आज तेस्रो दिन सहभागी हुनेहरूको संख्या बढेको छ । 
इटहरीको लायन्स क्लबमा स्थानीय उत्पादनहरूको प्रवर्धन गर्न प्रदर्शनी आयोजना गरिएको हो । 
प्रदर्शनीमा कोसी प्रदेश सहित मधेस प्रदेशबाट पनि व्यापारी तथा व्यवसायीहरूले आफूले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखेका छन् । 
प्रदर्शनीमा घरेलु लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरू, कृषिजन्य जडीबुटी ,हस्तकला, सौन्दर्यकला सम्बन्धी सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् । 
मधेस प्रदेशको जनकपुरबाट मिथिला चित्रकलाका सामाग्रीहरू प्रदर्शनीमा राखिएको छ । 
mela itahari (5)

mela itahari (10)
उद्यमी महिलाहरूले घरेलु उद्योग मार्फत उत्पादन भएका विभिन्न प्रकारका अचार सहितका अन्य खाद्य पदार्थहरू प्रदर्शनीमा राखिएको छ । जहाँ हेर्ने आउने दर्शकहरूको खरिद गर्ने गरेका छन् । 
पाँचथर,इलाम जिल्लाका उद्यमीहरूले उत्पादन गरेका छुर्पी तथा दुग्धजन्य पदार्थहरू,किवी फल, किवीको जुस, बेलको जुस लगायतका फलफूलहरू पनि दर्शकको रोजाइमा परेका छन् । 
mela itahari (11)
mela itahari (14)

यस्तै प्रदर्शनीमा हस्तकलाका सामाग्रीहरू पनि दर्शकको रोजाइमा परेका छन् । 
mela itahari (6)

mela itahari (4)

mela itahari (3)

प्रदर्शनीमा दैनिक रूपमा विभिन्न स्वास्थ्य समस्या सम्बन्धी निःशुल्क चेकजाँचको पनि व्यवस्था मिलाइएको छ । ब्लड प्रेसर, सुगर लगायतका निःशुल्क चेकजाँचको व्यवस्था मिलाइएको छ । 
प्रदर्शनीमा साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको छ । स्थानीय कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम संयोजक मिना ढकालले जानकारी दिइन ।