इटहरी । इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउने निर्णय प्रति राष्ट्रिय स्वतन्त्र पाटीका कोसी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले असन्तुष्टि जनाएका छन् । 
प्रदेश प्रवक्ता मैनालीले उपमहानगरपालिकाको इ–रिक्सा( सिटी सफारी) प्रति दोहोरो नीति लिएको भन्दै असन्तुष्टि जनाएका हुन ।
एका तर्फ राजश्व शीर्षकमा आम्दानी देखाउने अर्को तर्फ सडकमा कुदाउन नदिने दोहोरो नीति लिएको मैनालीले सस्तो लोकप्रियताका लागि गरिएको निर्णय भनेका छन् । 
सिटी सफारीलाई प्रतिबन्ध लगाउने विषयमा हतारमा निर्णय गरेको उनले बताएका छन् । तत्काल देख्दा राम्रो निर्णय देखिए पनि प्राप्त अध्ययन नपुगे जस्तो देखिएको उनले बताए ।  
सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउँदै प्रवक्ता मैनालीले ‘बिना अध्ययन गरिएका सस्तो लोकप्रियता निर्णयहरू नगरकै लागि गलपासो नबनोस्’ लेखेका छन् । 
नेता मैनालीले सामाजिक सञ्जाल फेसबुकमा ‘ मिति २०८०÷०३÷१० इटहरी उमनपाको १३औ नगर सभामा उप प्रमुखले प्रस्तुत गर्नु भएको आ. ब. २०८०÷८१ को नीति, कार्यक्रम, बजेट वक्तव्यमा राजस्व शीर्षकगत आम्दानी तालिकामा क्र. स. ३१ ई–रिक्सा  दर्ता, नवीकरण (बजेट पेज न. २९) रु. १,६३,२०,०००(एक करोड त्रिसट्ठी लाख बिस हजार) आम्दानी प्रक्षेपण गरिएको छ। पालिकाले एउटा सफारी को दर्ता शुल्क २,५००÷–  तोकेको छ जस अनुसार यस  नगरमा यस वर्ष लगभग  ६५०० भन्दा बढी सफारी दर्ता नवीकरण गर्ने लक्ष्य स्पष्ट छ। अब आफै अनुमान लगाऊ इटहरीमा ६५०० भन्दा बढी सफारीको आवश्यकता छ त?’ भन्दै प्रश्न गरेका छन् । 
नेता मैनालीले सामाजिक सञ्जालमा राखेको असन्तुष्टि, उनकै शब्दमा, 
इटहरी उमनपाको इ–रिक्सा(सफारी) मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय सम्बन्धमा :
मिति २०८०/०३/१० इटहरी उमनपाको १३औ नगरसभामा उप प्रमुखले प्रस्तुत गर्नु भएको आ. ब. २०८०÷८१ को निति, कार्यक्रम, बजेट बक्तब्यमा राजस्व शीर्षकगत आम्दानी तालिकामा क्र. स. ३१ ई–रिक्सा  दर्ता, नवीकरण (बजेट पेज न. २९) रु. १,६३,२०,०००(एक करोड त्रिसट्ठी लाख बीस हजार) आम्दानी प्रक्षेपण गरिएको छ। पालिकाले एउटा सफारी को दर्ता शुल्क २,५००/–  तोकेको छ जस अनुसार यस  नगरमा यस बर्ष लगभग  ६५०० भन्दा बढी सफारी दर्ता नवीकरण गर्ने लक्ष्य स्पस्ट छ। अब आफै अनुमान लगाउ इटहरीमा ६५०० भन्दा बढी सफारीको आव्श्यकता छ त? छ र हो भने येति धेरै सफारी संबंधित चालक हरुले कहाँ चलाउने? कहाँ पार्किङ गर्ने? मुख्य राजमार्ग मा चलाउन रोक लगाउने हो भने भित्री सडकमा मात्र यति सफारीको आवश्यकता किन? चालक ले चालक अनुमतिपत्र कहिले र कसरी प्राप्त गर्ने? फेरि पालिकाले यश बर्ष देखी नगर बस पनि चलाउने योजना बनाईरहेको छ(रुट बिस्तारै निर्धारित हुँदै जाला)। 
अतः बिषयबिज्ञ हरुको सल्लाहमा पालिका ले यश शिर्षक मा बजेट मार्फत गरिएको आय अनुमान अध्यन को आधारमा नभएर कपोल्कल्पित रहेको प्रस्ट छ।
हाल इटहरी उमनपामा बिधिवत रुपले दर्ता भएर नम्बर समेत पाईसकेका सफारी हरु ५३७ वटा मात्र छन र ११०० मध्ये बाकी रहेका सफारीहरुले यातायात बाट दर्ताका लागी प्रमाणित कागजात लिसकेको र पालिकामा  दर्ता प्रक्रियामा रहेको भन्ने जानकारीमा आएको छ। अन्य सफारी हरु दर्ता प्रक्रियामा आउने न आउने निश्चित छैन। हाल प्रदेश सरकार बजेट शुन्यतामा गएको अवस्थामा यातायात बाट नयाँ दर्ता सिफारिस रोकिएको हुदा थप सफारी तत्कालै दर्ता हुने संभावना समेत न्यून देखिएको छ। 
अन्तत, अव्यवस्थित ढङ्गले चलिरहेका सिटि सफारी हरुलाई ब्यब्स्थित गर्नका निमित्त पालिकाद्वारा गरिएको निर्णय स्वागतयोग्य भए पनि बिनाअध्यन गरिएका येस्ता सस्तो लोकप्रियता निर्णयहरु नगरकै लागि गलपासो नबनोस। शुभकामना। उदाहरणका लागि, बैकल्पिक ब्यब्स्थापन नगरी गरिएको सबारी पार्किङको निर्णयले नगरको भित्री भाग बजार  कति अस्तब्यस्त भएको छ त्यो परिदृश्यनै काफी छ ।’

kamal babu mainali