सुनसरी । इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ ।
आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीबारे जानकारी दिइएको हो । श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा यही भाद्र १९, २० र २१ गते रिजाल भिजन इटहरीमा त्रि-दिवसीय वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गरिएको जानकारी इस्काेन इटहरीका प्रतिनिधि ललित माधव दासले जानकारी दिए ।
त्रिदिवशीय महोत्सवमा वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमदभगवदगीता र श्रीमद्भागवतम्को प्रचार-प्रसार गृहस्थहरूका लागि आध्यात्मिक जीवनको ज्ञान , स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई आध्यात्मिक प्रगतिका लागि भगवदगीता लगायतका पुस्तकहरू साथै ग्रन्थ तथा चित्रकला प्रदर्शनी कार्यक्रम रहेको र प्रदर्शनीमा ४० % छुटमा पुस्तकहरूको बिक्री गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
त्रिदिवशीय कार्यक्रममा विभिन्न कलेज तथा विद्यालयका लगभग ५,००० विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा हुने लगभग १५,००० भक्तजनको उपस्थितिमा रथ यात्रा हुने अनुमान आयोजकले गरेको छ ।