विराटनगर । नेपाल हक्की सङ्घको कोशी अध्यक्षमा जीवनराज तिम्सिना निर्वाचित भएका छन् ।  विराटनगरमा मङ्गलवार सम्पन्न भएको प्रथम अधिवेशनले तिम्सिनालाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।  त्यस्तै उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बु चयन भएका छन् ।  प्रमिला (एरिका) ढकाललाई सचिव र प्रह्लाद थापा मगरलाई कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।  त्यस्तै विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद सङ्ग्रौला र धिरज अधिकारीलाई समितिको सदस्य पदमा निर्वाचित भएका हुन् । 
नेपाल हक्की सङ्घको सल्लाहकार समिति पनि चयन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, नेपाल टे«ड यूनियन काँग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता र नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेलाई सल्लाहकारमा मनोनीत गरिएको तिम्सिनाले बताए ।