सुनसरी । इटहरीमा रहेको चामुण्डा भगवती सिबि कलेजले बिद्यार्थीहरुलाई स्वागत र बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मङ्गलवार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सिबी कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र कक्षा १२ पास भएका विद्यार्थीहरूलाई बिदाइ गरिएको हो ।
इटहरी उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख तथा उक्त स्वागत तथा बिदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सूर्य प्रसाद सुवेदीले इटहरीमा रहेको सिबि कलेजले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको बताउँदै कक्षा १२ पास भएका विद्यार्थीहरूलाई विदेश जाने भन्दा पनि नेपालमै बसेर केही गर्न सुझाए ।
कार्यक्रममा सिवि कलेजका अध्यक्ष तथा कार्यक्रममा सभापति समेत रहेका देशबन्धु कार्कीले सिबी कलेजमा अध्ययन पूरा गरेर जाने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै क्याम्पसमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
कार्यक्रममा कक्षा ११ तथा कक्षा १२ मा व्यवस्थापन , कानुन , हाेटल म्यानेजमेन्ट लगायत विभिन्न सङ्काय तथा कलेजमै उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पोसाक लगाएर विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए ।

















