सुनसरी । ताप्लेजुङमा प्रहरी र तरुण दलका कार्यकर्ता विच झडप भएको छ । कोशी प्रदेश सभाका सदस्य खगेनसिं हांगमलाई प्रहरीले आक्रमण गरेको भन्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको प्रर्दशनमा प्रहरीसँग झडप भएको हो ।
प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेको प्रहरीको भनाई छ ।
तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । तरुण दलका कार्यकर्ताहरु ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन गर्नुपर्ने माग गरेका छन् ।
प्रदेश सांसद खगेन सी हाङमामाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । बिहीबार बेलुका प्रहरीले सांसदको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस जिल्ला समिति यसका भ्रातृ संगठनहरू आन्दोलित भएका छन् ।।