विराटनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मोरङको बलिया सेवा केन्द्रले वित्तीय साक्षरता तथा सहारासँग तीज उमङ्ग कार्यक्रम गरेको छ ।
नेपालकै ठुलो सहकारीका रूपमा स्थापित साकोसको सेवा केन्द्र बलियाको आयोजनामा मोरङको सुन्दरहरैंचा–४ स्थित भोलेश्वर शिवालय मन्दिरमा शुक्रवार तीज उमङ्ग कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकका रूपमा नीरमाया दाहाललाई सम्मान गरिएको थियो । तीज उमङ्ग कार्यक्रममा हाजिरी जवाफ, खुल्ला नृत्य प्रतियोगिता, सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो । सामूहिक कार्यक्रममा १ सय ३० बढीको सहभागिता रहेको सेवा केन्द्र प्रमुख शिला कडरियाले बताइन् ।
सहारा नेपाल साकोस बलिया सेवा केन्द्र सहयोग उप–समिति संयोजक तेजप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४ कैलाश बस्नेतको प्रमुख थिए ।
कार्यक्रममा सुन्दरहरैचा–४ का सदस्य शान्ति चौधरी, राजकुमारी बिक, व्यापार सङ्घ बलियाकी सदस्य भिमकुमारी ढकाल, सहकारी अभियन्ता तथा अग्रणी कृषि सहकारीका अध्यक्ष अम्बिका दाहाल, लायन्स क्लब बलियाका पूर्व अध्यक्ष रचना राईलगायतको सहभागिता रहेको थियो ।