इटहरी । नेपाली काङ्ग्रेस इटहरीका नगर उपसभापति कोविद जङ कार्कीले  जनताको रोषले आक्रोशको रूप लिए  सत्तासीनहरूले क्षमा नपाउने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नगरको भाग्य र भविष्य नष्ट गर्न मतदान नगरेको भन्दै बिषवृक्षलाई जोगाउन सिङो जङ ल फडानी गर्न नहुने  बताएका छन् । 
उनले रोम जलेको र निरोले बाँसुरी बजाएको प्रसङ्ग उल्लेख गर्दै निरोहरु त्यागी हुन नसक्ने बताएका छन् ।
उनले लेखेका छन् "निरो दरबारको छानामा बसेर बाँसुरी बजाइरहन मात्र सक्छन् ।सत्तासीनहरुकोे मर्का यस्तै हुन्छ । निरोहरुलाई पनि लाग्दो हो उनीहरूको मर्का इतिहासकारहरूले बुझिदिएनन् ।"
उनले सोचौँ समय छदै सोचौँ भन्दै दुईचार कुहिएका माछाको मोहमा परेर सिङो तलाउलाई नर कुण्डमा रूपान्तरण हुन दिँदा कसैको कल्याण नहुने टिप्पणी गरेका छन् ।
उनले कसलाई निरो भनेका हुन भनेर लेखेका छैनन् । इटहरीमा काङ्ग्रेस नगर सभापति हेमकर्ण पौडेल मेयर छन् । उनी मेयर भएसङै पार्टीभित्र सल्लाह नगरेको र एकलौटी ढङले काम गरेको आरोप लाग्दै आएको छ । कार्की नगर अधिवेशनका बेला पौडेल समूहबाट विजयी भएका थिए ।
कार्कीको स्ट्याटस 
सोचौँ । समय छँदै सोचौँ । दुई-चार कुहिएका माछाको मोहमा परेर सिङ्गो तलाउलाई नर कुण्डमा रूपान्तरण हुन दिँदा कसैको कल्याण छैन । हाम्रो नगर असीम सुन्दर सम्भावनाले भरिएको छ सम्भावना बोकेको सहर छ यसको सौन्दर्यमाथि कुठाराघात नगरौँ । एकाध विष वृक्षलाई जोगाउन सिङ्गो जङ्गल फडानीमा बन्चरोहरू खर्च नगरौँ । नगरको भाग्य भविष्य नष्ट गर्न मतदाता बनेका होइनन् । जनताको रोषले आक्रोशको रूप लियो भने सत्तासीनहरूले क्षमा नपाउन पनि सक्छन् ।अन्याय कुरेते यदा क्षितिपतिः कस्तं निरोद्धुं क्षमा अर्थात् नेतृत्व स्वयम् अघि सरेर अन्याय गर्छ भने त्यसलाई कसले रोक्न सक्ने ? कुनै समय थियो कविहरू यस्ता कविता लेख्थे । जनताले आफ्नो शक्तिको अपराजयता नचिनेका दिनका कुरा थिए यी आज ती दिनहरू छैनन् ।अरू कुरा जे जसो भए पनि । अनुहारमा जीवन्त भाव बाँकी रहेसम्म जीवित मानिसहरूमाथि आशा एवम् सम्भावना बाँकी रहन्छ । नीरोको बाँसुरवादनमा पनि सम्भावना बाँकी थियो । यद्यपि इतिहासकारहरूले सम्भावनाको त्यो पक्ष त्यति कोट्ट्याएनन् ।नीरोहरु त्यागी हुन सक्दैनन्  यसै भएर रोम जल्दा बिचरा नीरोहरु केही गर्न सक्दैनन् । दरबारको छानामा बसेर बाँसुरी बजाइरहन मात्र सक्छन् ।सत्तासीनहरुकोे मर्का यस्तै हुन्छ । निरोहरुलाई पनि लाग्दो हो उनीहरूको मर्का इतिहासकारहरूले बुझिदिएनन् । हुन त नीरोहरु आत्मच्छलनामा पनि खप्पिस हुन्छन् । त्यति बेला कुनै अन्तर्वार्ताकार हुँदो हो र छानामै पुगेर सोध्दो हो त नीरोहरु सिंह सदृश गर्जन गर्जँदै भन्दा हुन्, सहरमा आगो होइन, हाम्रो प्रताप दन्केको हो । आगोको विरोध हाम्रो प्रतापको विरोध हो । जय नेपाल