सुनसरी । मैदान अभावका कारण क्रिकेटका कुनै पनि ठुला प्रतियोगिता हुन नसकेको धरानमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाइए पनि त्यसले गति लिन सकेको छैन ।

स्थानीय र प्रदेश सरकारले बजेट तीन बर्सदेखि बजेट नछुट्याएपछी मैदान निर्माणको काम नै अलपत्र परेको छ । धरान-१५ स्थित खोरिया बस्तीमा भक्तराज कन्दङ्वा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि मैदान वरिपरि तार जाली लगाउने र मैदानको पानीलाई निकास दिन ड्रेनको काम बाहेक अरू काम हुन सकेको छैन ।

dharan cricket maidan1

रङ्गशाला निर्माणको कामका लागि प्रदेश सरकारले पहिलो पटक तीन बर्सअघि डेढ करोड रुपैयाँ र धरान उपमहानगरले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । त्यसयता थप बजेट निकासा नहुँदा काम अहिले अलपत्र परेको छ ।

dharan cricket maidan2

धरान उपमहानगरका उपप्रमुख आइन्द्रबिक्रम बेघाले विगतका वर्षमा काम हुन नसकेकपनि यसपटकदेखी रंगशालाको काम अघि बढाउने बताए ।

एक दशक अघि देखी पहल भएको मैदान निर्माणको काम अहिले आएर ठप्प भएपछि क्रिकेटका पदाधिकारी तथा खेलाडी निराश छन् ।