सुनसरी । लेखक मोहन तिम्सिनाको जैविक दर्शन पुस्तकको लोकार्पण गरिएको छ । शनिवार इटहरीमा सम्पन्न कार्यक्रममा पुस्तकको कोसी प्रदेश प्रमुख परशुराम खापुङ्ग  र बिभिन्न धर्म गुरुहरुद्धारा जैबिक बिधिबाट लोकार्पण गरेका हुन ।
३ सय ८७ पृष्ठ भएको पुस्तकमा जम्मा ६ ओटा खण्ड छन् । पहिलो खण्डमा विषयहरूको उठान गरिएको छ । दोस्रो खण्डमा भौतिकवादको ऐतिहासिक पृष्ठभूमि, मूलभूत चिन्तन ढाँचा र विधागत विस्तारसम्मको चर्चा गरिएको छ । विधाहरूमा भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । राजनीतिक विधा अन्तरगत, उदारवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद र प्रजातान्त्रिक समाजवादको समीक्षात्मक चर्चा गरिएको छ ।
jj
तेस्रो खण्डमा आधुनिक विज्ञानका विधाको वर्णन छ । यसमा पनि भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । चौथो खण्डमा तपस्वी विज्ञानका विधाको वर्णन छ । यसमा पनि भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ ।
पाँचौँ खण्डमा आधुनिक विज्ञान र तपस्वी विज्ञानको संश्लेषणका रूपमा ‘जैविक दर्शन’को रूपरेखा वर्णन गरिएको छ । यस अन्तरगत प्रकृति, जीवन, मानव, समाज, अर्थतन्त्र र राष्ट्र/राज्यको स्वभावको संश्लेषण/विश्लेषण गरिएको छ ।
छैटौँ खण्डमा वर्तमान परिवेशको समीक्षा, विचारधाराहरूको समीक्षा र भावी विकल्पका रूपमा ‘जैविक समाज’को अवधारणा प्रस्तुत गरिएको छ ।