विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले काङ्ग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै  पराजुलीले हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका हुन् । उनले काङ्ग्रेसले अरूको मुद्दामा हिँड्न नहुने समेत बताए । 

बैठकमा आफ्नो धारणा राख्दै उनले भने, गत केन्द्रीय समिति बैठक मा नै मैले हिन्दु राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्म संस्कृति विभाग गठन गर्नुपर्दछ भनेर बताएको थिएँ । उनले धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्या जस्ता जघन्य अपराधका घटनाहरू घटेका भन्दै यस्ता प्रवृत्तिका विरुद्धमा काङ्ग्रेस उभिनु पर्नेमा जोड दिए  । 

काङ्ग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिन हाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको बताए।

उनले भने, ‘काँग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न सकिरहेका छैनन्‌ यस सन्दर्भमा सरकार मा सम्मिलित नेताहरूको धारणा के हो प्रष्ट पार्नुहुन अनुरोध गर्दछु ।’

सुन प्रकरणमा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सबै समाचार माध्यममा पनि गृहमन्त्रीले काँग्रेसका नेताहरूलाई छानिछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए।