विराटनगर । कोशी प्रदेश सरकार आज बिस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । काठमाण्डौबाट आज विराटनगर आएसँगै मन्त्रीपरिषद् बिस्तारको तयारी भएको हो । श्रोतका अनुसार लिलाबल्लव अधिकारी, निरनराई, बुद्धिकुमार राजभण्डारी र राम प्रसाद मेहतालाई मन्त्री बनाउने तयारी भएको छ ।
थपिने सबै मन्त्री एमालेकै हुन् । संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।