सुनसरी - सुनसरीको भोक्राहा नर्सिङ गाउपालिकाले ८५ बर्ष उमेर माथीका ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
जेष्ठ नागरिक दिवसको अवशर पारेर गाउपालिकाले ८५ बर्ष देखी १ सय बर्ष उमेरका ३५ जना जेष्ठ नागरिकलाई सम्मान सहित एक महिनाको लागि पुग्ने बिभिन्न पौष्टिक तत्वयुक्त खानेकुरा समेत बितरण गरेको छ ।
जेष्ठ नागरिक जिउँदा इतिहाँस भएकाले उनिहरुको मनोवल उच्चराख्न सम्मान गरेको गाउपालिकाका अध्यक्ष अजमल अख्तर अजाद मियाले बताए ।
जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउँने भत्ता लगायत समाज तथा घरपरिवारमा स-सम्मान बाँच्न पाउँने अधिकारका लागि स्थानीय सरकार लागिपरेको गाउपालिकाको दाबी छ ।
सो अवशरमा जेष्ठ नागरिकहरुले उमेर ढल्किएसंगै शारिरीक र मानसिक रुपमा कमजोर हुदै जाँदा जेष्ठ नागरिक परिवार र समाजवाट अपहेलित हुनुपर्ने अहिलेको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेकोमा जोड दिए ।