सुनसरी । सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाले उपाध्यक्षसँग किशोरी शिक्षा कार्यक्रम सुरु गरेको छ ।
किशोरीहरूमाथि हुने सामाजिक विभेद, यौनजन्य हिंसा घटनाबारे सचेत गराउनुका साथै कानुनी ज्ञान समेत दिने उदेश्वले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराउले बताइन ।
गाउँपालिकाका सबै वडामा रहेका माध्यमिक तहको विद्यालयमा सञ्चालन गरिने कार्यक्रमले किशोरीहरूलाई घर, विद्यालय र समाजमा सक्षम बनाउन मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ ।
कार्यक्रमका दौरानमा किशोरीहरूले मानव बेचबिखन, यौन जन्य हिंसा, सामाजिक विभेद, बलात्कार जस्ता हिंसाबाट किशोरीमा पर्ने असर र त्यसको न्यूनीकरण गर्न गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसँग आग्रह गरेका छन् ।
यस्तै गाउँघरमा हुने गरेका अन्य विभिन्न घटनाहरूका सन्दर्भमा गाउँपालिकाले के कसरी काम गर्छ भनेर जिज्ञासा राख्ने गरेको गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले बताए ।