विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउने आधार  तय गरे राप्रपाले विश्वासको मत दिने भएको छ । विश्वासको मत पाउने आधार तयार नगरे तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८(३) अन्तरगत सबैभन्दा ठुलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार  राप्रपालाई भन्नु पर्ने राप्रपाले जनाएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा असोज २० विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि २० गते प्रदेश सभा बोलाइएको छ । अहिले सम्म मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय  भएको छैन । 
मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय गर्नु भयो भने हामी विश्वासको मत दिन्छौ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार भन्नु पर्छ ।’ २० गते सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन । सिटौलाले भने, कार्की जीले विश्वसकोृ मत पाउने आधार भन्नु भयो भने हामी विश्वासको मत दिन्छौ । आधार तय गर्न सक्नु भएन भने हामी तटस्थ बस्छौ । ’
उनले संविधानको धारा १६८(५) अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाई नसकेको सिटौलाले बताए । उनले धारा ५ अन्तरगतको सरकार कसरी बन्छ र सरकार गठनको खेलकुद अगाडि बढ्छ राप्रपाले त्यही अनुसारको रणनीति तय गर्ने बताए । 
उनका अनुसार संसदमा बहुमत कसले पुर्‍याउन सक्छ त्यही अनुसार राप्रपाले आफूलाई प्रस्तुत  गर्छ । अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि सरकारको सहयात्री भएको बताए । सहयात्री भएका कारण  एमालेसँगको सहकार्य अहिले सम्म ताड्ने मनस्थितिमा राप्रपा नरहेको सिटौलाले बताए । 
उनले भने धारा १६८(३) अन्तरगतको सरकारको भविष्य के हुन्छ त्यसपछि अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । 
कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।  राप्रपाले साथ दिएको खण्डमा पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना छैन । प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० सिट छ भने राप्रपाको ६ सिट छ । सभामुखविहीन प्रदेशसभामा बैठकको अध्यक्षता उपसभामुखले गर्नुपर्ने भएकोले कार्कीले एमालेका ३९ मत मात्र पाउँछन् । राप्रपाले विश्वासको मत दिए पनि उनले ४५ मत मात्र पाउने छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकार गठनको प्रक्रिया  धारा १६८ को उपधारा ५ मा पुगेपछि भने सोच्न सकिने बताइ सकेका छन् ।  तर, त्यसबारे अहिलेसम्म गठबन्धनसँग पनि कुनै छलफल नभएको जानकारी दिए । धारा १६८(३) अन्तरगतको विश्वासको मत पछाडि छलफल हुने उनले बताए ।
यस अघि नेपाली काँग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपि मत नदिने उनीहरूको भनाइ छ ।
प्रदेशसभा नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी को १ सांसद छन् ।